मास्क नलगाई लखरलखर डुल्नेहरु भटाभट कारवाहीमा

मास्क नलगाई लखरलखर डुल्नेहरु भटाभट कारवाहीमा

कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेका बेला मास्क नलगाई हिँड्ने तेह्रथुमका १ सय ३० जना कारवाहीमा परेका छन् । कोरोनाको जोखिम बढाउने गरि मास्कबिना बजार डुल्नेहरुलाई जिल्ला प्रहरी कार्यालयले कारवाही गरेको हो ।

कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेपछि तेह्रथुममा ‘तपाईंको मास्क खोइ ?’ अभियान थालिएको छ । सो अभियानअन्तर्गत जिल्ला कोभिड व्यवस्थापन समितिले मास्क नलगाउनले सर्वसाधारणलाई सचेत गराउँदै एक सय रुपैयाँ जरिवाना लिँदै आएको छ ।

बजार क्षेत्रमा मास्कबिना हिँडडुल गर्ने नागरिकलाई सचेत गराउँदै अटेर गर्नेलाई एक सय रुपैयाँ कारबाहीस्वरुप लिन थालेपछि कार्यक्रम प्रभावकारी बनेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरका अनुसार जिल्ला सदरमुकाम म्याङलुङ तथा जिरी, लसुने र वसन्तपुर बजार क्षेत्रमा सचेतना कार्यक्रमलाई बेवास्ता र अटेर गर्नेलाई कारबाही गरिएको छ ।

टिप्पणीहरू