“यस्तै हुन्छ पत्रकारको बोली ?” के भन्दैछन् ओली ?

“यस्तै हुन्छ पत्रकारको बोली ?” के भन्दैछन् ओली ?

जग्गाको विषयमा आफ्नै मान्छेले ठगी गरेको भन्दै झापाका राजन रिमाल महिनौंदेखि स्थानीय युट्युब पत्रकार किशोर श्रेष्ठकोमा सहयोगका लागि धाइरहेका छन् । श्रेष्ठले पनि रिमालको समस्या समाधान गर्न सक्दो सहयोग गरिरहेका छन् । रिमाललाई ठग्ने व्यक्तिसँग सम्पर्क गरेर उनलाई दुःख नदिन आग्रह गर्दै आएका पत्रकार श्रेष्ठमाथि नै झापामा पत्रकार हुँ भन्दै हिँड्ने स्वामी नितेश ओलीले झम्टेका छन् ।

श्रेष्ठले रिमालको जग्गाको विषयमा सम्पर्क गर्दा ठग्ने नियतका साथ नितेशलाई फोन गर्न लगाएको उनको भनाइ छ । पत्रकार श्रेष्ठका अनुसार रिमालको जग्गाको विषयमा ओलीसँग कुरा भएको हो । फोनमा कुरा गर्दै गर्दा नक्कली पत्रकार नितेशले ‘तँ युट्युबेलाई अर्काको विषयमा के चासो,अर्काको विषयमा किन बीचमा आउँछस्, के तँ न्यायाधीश होस् ?” भन्दै धम्काएका थिए ।

“तैँले मेरो घरमा राशन ल्याइदिने होइन,म तेरो जार पनि होइन,पत्रकार आचारसंहिता थाहा छैन भने कुरा नगर,तैँले मलाई नधम्का,तेरो नाम लेखेर राख्छु,मलाई केही भयो भने तँ फस्छस्,’ उनले भने ।”

नितेशले धम्काउन थालेपछि श्रेष्ठले पनि, ‘भाइ,तँ नजिक भएको भए तेरो मुख कुच्याइदिन्थेँ,’ भनेपछि माहौल तातेको श्रेष्ठले जनआस्थासँग बताएका छन् । नितेशले उनलाई आफू एबिसी न्यूज खबरको सम्पादक भन्दै फोन गरेको र युट्युबे भएर आफ्नो हैसियतमा बस्न आदेश दिएको आरोप छ ।

नितेशले ‘युट्युबेले घर झगडा मिलाउने हो, त्यही काम मात्र गर अन्य बिषयमा होइन,’ भनेको पत्रकार श्रेष्ठले बताए । जनआस्थाले नितेशसँग सम्पर्क गर्दा श्रेष्ठले फुच्चे भनेर हेपेपछि आफूले थर्काएको बताएका छन् । ‘फुच्चे, तेरो मुख कुच्चाइदिन्छु,’ भनेपछि आफूले थर्काएको नितेशको दाबी छ । श्रेष्ठले रिमालको जग्गाको बिषयमा उनीसँग कुरा भएको बताएका थिए र तर ओलीले भने जग्गाको विषयमा कुरै नभएको उल्लेख गरे ।

को हुन् पत्रकार भनिने स्वामी नितेश ओली ?

एबिसी न्यूज खबरको सम्पादक हुँ भन्दै थर्काउने स्वामी नितेश ओली पत्रकार नभएको खुलेको छ । झापाली पत्रकारहरुका अनुसार उनी पत्रकार होइनन् । एबिसी न्यूज खबरको अनलाइनबारे जाँच गर्दा पनि यस्तो कुनै सञ्चार माध्यम वा संस्था नरहेको पुष्टि भएको छ ।यसो त उनले झापाका सञ्चारकर्मी र स्थानीय सञ्चार माध्यमहरुलाई आफूले टप टेन मिडियाभित्र पर्ने सञ्चार माध्यममा काम गर्ने गरेको बताउँदै आएका छन् । जबकि एबिसी टेलिभिजनले झापामा एक मात्र जिल्ला संवाददाता राखेको बताएको छ । एबिसी टेलिभिजनका झापा जिल्ला संवाददाता पार्थ मण्डल हुन् । पत्रकार महासंघ झापामा पनि स्वामी नितेश ओली नाम गरेका कोही पत्रकार नरहेको बताइएको छ ।

झापाली केही सञ्चारकर्मीहरुका अनुसार स्वामी भनिने नितेश ओली सामाजिक अभियन्तासम्म हुन् । केही समयअघि बहुविवाहसम्बन्धी आरोपमा उनलाई प्रहरीले पक्राउ समेत गरेको थियो । सामाजिक सञ्जालमा गालीगलौज गर्दै धम्की दिने ओलीलाई चारपाने क्षेत्रका युवाले ठीक पार्ने भन्दै कुटपिट गरेका थिए । कुटपिटपछि ओलीले बहुमूल्य सामान र नगदसमेत चोरी भएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका थिए ।

झापाका युट्युबर किशोर श्रेष्ठ र हुँदै नभएको सञ्चार संस्था एबिसी न्यूज खबरका सम्पादक भनिएका नक्कली पत्रकार ओलीबीचको विवादबारे बुझ्न प्रयास गर्ने अधिकाँश पत्रकारलाई नितेशले थर्काउने गरेका छन् । उनीहरुबीचको विवाद बुझ्न नितेशलाई सम्पर्क गर्ने लाई अश्लिल शब्द प्रयोग गर्दै थर्काएको पुष्टि भएको हो ।

घटनाबारे जनआस्थाका सम्वाददाताले ओलीसँग बुझ्दा पनि अश्लिल शब्द प्रयोग गर्दै थर्काएका छन् । श्रेष्ठसँगको विवादबारे शिव अधिकारीले सम्पर्क गर्दा उनले अश्लिल शब्द प्रयोग गर्दै ‘जे गर्न सक्छस्,गर,’भनेका छन् । ‘तैले मेरो घरमा रासन ल्याइदिने होइन,म तेरो जार पनि होइन,पत्रकार आचारसंहिता थाहा छैन भने कुरा नगर,तैँले मलाई नधम्का,तेरो नाम लेखेर राख्छु,मलाई केही भयो भने तँ फस्छस्,’ उनले भने ।

यस्तै, घुमाउरो तरिकाले उनले आफू पत्रकार नभएको स्वीकारेका छन् । अधिकारीसँगको टेलिफोन वार्तामा नितेशले, ‘म के हुँ,को हुँ,निधारमा टाँसेर हिडौं ? हेर्न आइज,’ सम्म भन्न भ्याएका छन् । ‘मेरो पर्सनल लाइफसँग तँलाई के मतलब ? ’ उनले भने ।

टिप्पणीहरू