हिउँदमा पानी खेर,खानेपानी अड्डा किन बस्छ हेरेर ?

हिउँदमा पानी खेर,खानेपानी अड्डा किन बस्छ हेरेर ?

राजधानीमा हिउँद लागेपछि खानेपानीको चरम अभाव भएको छ । गत वर्ष मेलम्चीको पानी ल्याए पनि तीन महिनामै बाढी र पहिरोका कारण बन्द भएको थियो ।

अहिले पनि राजधानीको अधिकांश भागमा सर्वसाधारण सुन्दरीजलबाट पठाइएको पानीको भरमा बाँचेका छन् । कतै साता र कतै पाक्षिक रुपमा आउने खानेपानीले जेनतेन सर्वसाधारणको आँत भिजेको छ ।

तत्काल मेलम्चीको पानी आउने सम्भावना देखिँदैन । त्यसैले आगामी सुख्खा याममा राजधानीमा खानेपानीको हाहाकार थप चर्किने निश्चित छ । तर,खानेपानीको जिम्मा लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चुहावटतर्फ ध्यान नदिएको सर्वसाधारणको गुनासो छ ।

सुन्दरीजलबाट राजधानीतर्फ ल्याइएको खानेपानीको मुख्य पाइपमा प्वाल परेर गोकर्ण मन्दिर नजिकै महिनौंदेखि पानी खेर गएको छ । तर,सम्बन्धित निकायले अहिलेसम्म ध्यान नदिएको बताइन्छ ।

गोकर्णमा सर्वसाधारणले श्राध्द गर्ने स्थान नजिकै पानीको पाइप फुटेर चौबिसै घण्टा खेर गएको सम्बन्धमा जनआस्थाका माधव बस्नेतले खिचेको तस्बिर प्रस्तुत गरेका छौं ।

टिप्पणीहरू