आगो ताप्दा निस्सासिएर मृत्यु

आगो ताप्दा निस्सासिएर मृत्यु

जाडोको समयमा कोठाभित्र आगो बालेर सुत्ने गर्नुभएको छ ? यदी त्यस्तो बानी छ भने आजैदेखि छाड्नुहोला । नत्र अकालमै ज्यान जानसक्छ । आगो बालेर सुतेकै कारण पछिल्लो पटक भक्तपुरको सूर्यविनायकमा एक अवोध बालकले ज्यान गुमाउनु परेको छ ।

आमा–बाबुले कोठाभित्र बालेको आगोबाट निस्सासिएर दुधे बालकको ज्यान गएको हो । सूर्यविनायक नगरपालिका–४, दधिकोट, गाम्चास्थित जस्ताले छाएको घरमा डेरा गरी बस्ने अभिषेक रम्तेल र पसुना तामाङको तीन महिनाको छोराको निस्सासिएर मृत्यु भएको हो ।

बेलुका खाना खाएर आगो ताप्दै सुतेको परिवार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीय नागरिक र प्रहरीले झ्यालबाट हेर्दा अचेत अवस्थामा फेला पारेका थिए । प्रहरीले तत्काल मध्यपुर अस्पताल लगे पनि चिकित्सकले नाबालकलाई मृत घोषणा गरेका हो । बाबुआमाको भने उपचार भइरहेको छ ।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले बताएको छ ।

टिप्पणीहरू