हवाई यात्रुमा कोरोना देखिएपछि लकडाउन

हवाई यात्रुमा कोरोना देखिएपछि लकडाउन

टापु राष्ट्र किरीबाटीमा महामारी शुरु भएपछि पहिलो पटक लकडाउन घोषणा गरिएको छ । पहिलो अन्तर्राष्ट्रिय उडानका यात्रुमा कोरोना देखिएपछि लकडाउन घोषणा गरिएको हो ।

फिजीबाट किरीबाटीका लागि उडेको विमानका ३६ यात्रुमा कोरोना देखिएको हो । यसअघि चार जनामा भाइरस पुष्टि भएको थियो । गत साता मात्र किरीबाटीमा दुई जनामा कोरोना देखिएको थियो ।

किरीबाटी विश्वकै एकान्त ठाउँमा रहेको टापु राष्ट्र हो । त्यहाँबाट नजिकैको महादेश अस्ट्रेलियासम्मको दूरी चार हजार आठ सय किलोमिटर छ । सन् २०२० को जनगणना अनुसार जनसंख्या १ लाख १९ हजार छ ।

टिप्पणीहरू