कोरोनाबाट ज्यान गुमाउनेमा खोप नलगाएका धेरै

कोरोनाबाट ज्यान गुमाउनेमा खोप नलगाएका धेरै

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ३३ हजार कोरोना संक्रमित फेला परेका छन् ।

यो शनिवारको तुलनामा केही कम हो । पछिल्लो समयमा कोभिडबाट विश्वमा अमेरिकापछि भारत सबैभन्दा प्रभावित छ ।

भारतमा एक महिनादेखि कोरोनाको तेस्रो लहर चलेको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमण तीव्र दरमा फैलिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घन्टामा ५२५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये खोपै नलगाएका वा एक पटक मात्र लगाएका छन् ।

टिप्पणीहरू