भक्तपुरमा झुण्डिएर प्राण फाले वस्नेतले

भक्तपुरमा झुण्डिएर प्राण फाले वस्नेतले

भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा ३५ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिका घर भई दुवाकोटमा बस्ने मोहन बस्नेत आज बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

बस्नेत आफू बस्दै आएको टहरामा फलामको पाइपमा नाम्लोको पासो लागेर झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू