विप्लवका जिल्ला नेतामा सांस्कृतिक “विचलन”

विप्लवका जिल्ला नेतामा सांस्कृतिक “विचलन”

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा सांस्कृतिक विचलन आएको छ । आज उक्त समूहको चितवन जिल्ला समितिले सचिवालयका एक जना सदस्यमा गम्भीर सांस्कृतिक विचलन देखिएको घोषणा गरेको हो ।

गम्भीर सांस्कृतिक विचलनको चुरो नखुलाइए पनि पार्टीले जारी गरेको विज्ञप्तिमा सचिवालय सदस्य पुरन राईमाथि उक्त आरोप लगाउँदै पार्टी सदस्यबाट हटाइएको छ ।

सेक्रेटरी दिनेश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सचिवालय सदस्य पुरन राईमा गम्भीर प्रकृतिको सांस्कृतिक विचलन देखिएकाले आजैका मितिदेखि लागू हुनेगरी निश्कासन गरिएको छ ।’

टिप्पणीहरू