रुपन्देहीमा ट्रिपर चालकको दादागिरी कि बुध्दिमत्ता ?

रुपन्देहीमा ट्रिपर चालकको दादागिरी कि बुध्दिमत्ता ?

रुपन्देहीमा आज अपरान्ह ट्रिपरले सडकको चौबाटोमा प्रहरी उभिन बनाइएको बिटलाई ठक्कर दिएर लडाइदिएको छ । तीव्र गतिका कारण ट्रिपरले प्रहरी बिट ध्वस्त बनाएको स्थानीयले बताएका छन् । प्रहरी नभएको बेलामा भएकाले मानवीय क्षति भने हुन पाएन ।

रुपन्देहीको नयाँ मिल चोकमा उक्त दुर्घटना भएको हो । ट्रिपरको उक्त हर्कतलाई स्थानीयले दादागिरी भनेका छन् । तर, एक जना स्थानीयले भने उक्त दुर्घटना मोटरसाइकल चालकलाई जोगाउन खोज्दा भएको बताए । एस के भण्डारीले आफू प्रत्यक्षदर्शी रहेको बताउँदै लेखेका छन्, ‘यहाँ ट्रिपर चालकको कुशलता देखिएको छ । एक जना अधबैंशे मोटरसाइकल चालकले अचानक बाटो क्रस गर्दा मोटरसाइकल जोगाउन खोज्दा उक्त घटना भएको हो । चालकलाई स्यालुट गरेर आएँ ।’

फोटो स्रोतः माधव ढकालको फेसबुक पेज

टिप्पणीहरू