छिमेकमा अर्को क्षेप्यास्त्र परीक्षण

छिमेकमा अर्को क्षेप्यास्त्र परीक्षण

भारतले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । उसले ब्राह्मोस सुपरसोनिक क्रुज नामक क्षेप्यास्त्रको चण्डीपुरमा सफलतापूर्वक परीक्षण गरेको हो ।

उडिसाको समुद्री किनारमा गरिएको उक्त परीक्षण ब्राह्मोस कार्यक्रमको निम्ति एउटा कोशेढुंगा भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

रुससँग मिलेर बनाइएको ब्रह्मोसले २ सय ९० किलोमिटरसम्म मार हान्न सक्छ । २ दशमलव ८ अर्थात् ध्वनीको गतिभन्दा लगभग तीन गुणा छिटोको गतिले प्रहार गर्न सक्ने भएकाले यो संसारकै द्रुत क्षमताको क्षेप्यास्त्र पनि हो ।

टिप्पणीहरू