काठमाडाैंमा नियम तोड्ने गाडी भटाभट समातिए

काठमाडाैंमा नियम तोड्ने गाडी भटाभट समातिए

कोरोना महामारीको तेस्रो भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र भएपछि राजधानीका तीन वटै जिल्लामा गए रातिदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

आज माघ ८ गते जोर दिन भएकाले जोर नम्बरका सवारी साधन सञ्चालन गर्नुपर्नेमा त्यसो नगर्ने बिजोर नम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आज शनिबार भएकाले सडकमा कम सवारी साधन गुडे पनि प्रहरीले बिजोर नम्बरप्लेटका सवारी साधनलाई सबेरैदेखि नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरी र नेपाल प्रहरीले कलंकी चोकमा १९ वटा सवारी साधनलाई होल्डमा राखेका छन् । कालिमाटी चोकमा पनि झण्डै एक दर्जन सवारी साधन समातिएको छ ।

सरकारको निर्देशन उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरी र नेपाल प्रहरीले कलंकी चोकमा १९ वटा सवारी साधनलाई होल्डमा राखेका छन् । कालिमाटी चोकमा पनि झण्डै एक दर्जन सवारी साधन समातिएको छ ।

उता स्वयम्भूमा पनि १४ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको र बल्खुमा डेढ दर्जन साना ठूला सवारी साधनलाई होल्डमा राखिएको प्रहरीले जनाएको छ । होल्डमा राखिएका सवारी साधनका सवारीधनी वा चालकलाई ओमिक्रोन संक्रमणबारे सचेतना बताउँदै छाड्ने गरिएको बताइन्छ ।

टिप्पणीहरू