बालुवाटारमा रोकियो, पेरिसडाँडामा सुचारु

बालुवाटारमा रोकियो, पेरिसडाँडामा सुचारु

प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा डाक्नुभएको सर्वदलीय बैठक स्थगित भएको छ । आज बिहान स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठक स्थगित गरिएको हो ।

 

उता पेरिस डाँडामा माओवादी केन्द्रको निवर्तमान स्थायी समितिको बैठक शुरु भएको छ । पार्टी मुख्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा नेताहरु नारायण काजी श्रेष्ठ, जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, कृष्णबहादुर महरा लगायतको उपस्थिति रहेको छ ।

 

नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पदाधिकारी तोक्ने सम्बन्धमा बोलाइएको बैठक पटक पटक रोकिएपछि माओवादी केन्द्रले निवर्तमान स्थायी समितिको बैठक बोलाएको हो ।

 

बैठकको निर्णय सुनाउदै पार्टी प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकै पटक गर्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले आजै बस्ने सत्तारुढ दलको उच्चस्तरीय समन्वय समितिको बैठकपछि मात्रै पार्टीको अवधारणा सार्वजानिक गर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।

टिप्पणीहरू