ग्यास चुहिएर भारतीय जलसेनाको जहाज दुर्घटना

ग्यास चुहिएर भारतीय जलसेनाको जहाज दुर्घटना

भारतीय नौसेनाको जहाजमा भएको विष्फोट ग्यास चुहावटबाट भएको हुन सक्ने आशंका गरिएको छ । नौसेनाको जहाज कल साइन आईएनएस रणवीरमा गत मंगलबारको विष्फोट वातानुकुलित डिब्बामा ग्यास चुहावटबाट भएको हुन सक्ने एक अधिकारीले बताएका हुन् ।

विष्फोटमा नौसेनाका तीन जना कर्मचारीको ज्यान गएको थियो । ११ जना घाइते भएका थिए । विस्फोट हुँदा मृत्यु भएका तीनै जना ग्यास डिब्बा नजिकै रहेको अधिकारीहरूले आशंका गरेका छन् ।

चालक दलले परिस्थितिलाई नियन्त्रणमा लिएका कारण विष्फोटबाट जहाजमा धेरै ठूलो भौतिक क्षति नभएको हो । दुर्घटनाबारे छानबिन गर्न समिति गठन भइसकेको सैन्य अधिकारीहरुले बताएका छन् ।

टिप्पणीहरू