भारत हेलिकोप्टर बेच्न कस्सियो

भारत हेलिकोप्टर बेच्न कस्सियो

हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल) ले उन्नत खालको हलुका हेलिकोप्टर (एएलएच एमके–३) निर्यातको निम्ति मौरिसस सरकारसँग सम्झौता गरेको छ ।

मित्रराष्ट्रहरुमा रक्षा सामाग्री र साधनको निर्यात बढाउने केन्द्र सरकारको लक्ष्यअनुरूप एचएएलले उक्त सम्झौता गरेको हो ।

एएलएच एमके–३ क्याटेगोरीको नयाँ हेलिकोप्टर ५ दशमलव ५ टन वर्गमा बहु–भूमिका,बहुमिशन र बहुउद्देश्यीय रहेको एचएएलले जनाएको छ ।

उक्त सम्झौतापछि भारत र मौरिससबीच तीन दशकभन्दा लामो समयदेखि चल्दै आएको रक्षासँग सम्बन्धित व्यापारिक सम्बन्धलाई अझ सुदृढ बनाएको बताइएको छ ।

टिप्पणीहरू