हिउँदको इन्द्रेणी

हिउँदको इन्द्रेणी

राजधानी काठमाडौंमा आज साँझ इन्द्रेणी देखिएको छ । हिजोदेखि परेको वर्षापछि आज दिउँसो घाम लाग्दा काठमाडौंको पूर्वी भेग सुन्दरीजलमा इन्द्रेणी देखिएको हो ।

सामान्यतयाः वर्षायाममा धेरै देखिने यस्तो इन्द्रेणीले वरपरका दृश्यलाई मनमोहक बनाउँछ । आज अपरान्हको इन्द्रेणीले केहीबेर सुन्दरीजल वरपरको क्षेत्र निकै रमाइलो देखिएको थियो ।

तस्बिर : माधव बस्नेत

टिप्पणीहरू