भक्तपुरमा किशोरी झुण्डिइन्

भक्तपुरमा किशोरी झुण्डिइन्

भक्तपुरमा एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छन् । भक्तपुर नगरपालिका २ व्यासीकी जेशिका कोजु आज आफ्नै घरको चौथो तल्लामा झुण्डिएकी हुन् ।

कोजुले दिउँसो साढे २ बजेको समयमा आत्महत्या गरेको प्रहरीको आशंका छ । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेका अनुसार मृतक कोजु कृष्णप्रसाद कोजुकी छोरी हुन् ।

उनले आफ्नै कोठाको सिलिङको हुकमा नाइलनको डोरीले पासो लगाई आत्महत्या गरेकी हुन् ।

टिप्पणीहरू