साग बेच्दै कापी कलम किन्दै विद्यार्थी

साग बेच्दै कापी कलम किन्दै विद्यार्थी

मुगुका ग्रामीण भेगका केही विद्यार्थीले साग बेचेर आफ्नो पढाइ खर्च जुटाउँदै आएका छन् । घरमा आर्थिक अवस्था कमजोर भएर पढाइ खर्च जुटाउन नसकेपछि उनीहरुले साग बेचेर आफ्नो पढाइ खर्च जुटाउँदै आएका हुन् ।

छायानाथ रारा नगरपालिका–५ को नेपाल राष्ट्रिय आधारभूत विद्यालयकी कक्षा ५ मा अध्ययनरत छात्रा सविता कार्की आफ्नो पढाई खर्च जुटाउन बिहान र बेलुका सदरमुकाम गमगढी बजार धाउने गरेकी छन् ।

घरमा आर्थिक अवस्था कमजोर भएको र घरमा पनि पढाइ खर्च जुटाउन नसक्ने भएपछि उनी आफैले उत्पादन गरेको हरियो सागसब्जी सदरमुकाममा बेचेर अध्ययनका लागि आर्थिक जोहो गर्छिन् ।

‘म बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ६ सम्म प्रत्येक दिन तरकारी बेच्ने गर्छु,’ सविताले भनिन्, ‘साग बेच्दा एक मुठाको ५ देखि १० रुपैयाँसम्म आउँछ । त्यसैले पढाइ खर्च धान्ने गरेको छु ।

उनका अनुसार एक डोको साग बेच्दा १ सयदेखि ५ सय रुपैयाँसम्म कमाइ हुन्छ । सविताजस्तै आर्थिक अवस्था कमजोर भएका बालबालिकाले सदरमुकाममा साग बेचेर पढाइ खर्च जुटाउने गरेका छन् ।

टिप्पणीहरू