भारतको धेरै बजेट हतियारमा खन्याइने

भारतको धेरै बजेट हतियारमा खन्याइने

भारतले यस वर्षको रक्षा बजेट उपकरण तथा हतियार बनाउनमा खर्च गर्ने भएको छ । भारतले रक्षा बजेटलाई पनडुब्बी, ड्रोन,युद्धपोत र विमानवाहक वायुयानलगायतका उपकरण,साधन तथा हतियारमा खर्चने भएको हो ।

छिमेकी चीनको खतरा बढ्दै गएकाले आफ्नो नौसेनालाई बलियो बनाउन भारतीय रक्षा मन्त्रालयले यसो गर्न लागेको बताइएको छ ।

तर भारत सरकारले सन् २०२१ मा रक्षा उपकरण र हतियार खरिदका लागि छुट्याएको बजेटलाई पूर्णरुपमा उपयोग गर्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भारतको रक्षा बजेट पछिल्लो पाँच वर्षमा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को २ प्रतिशतमा कायम छ ।

टिप्पणीहरू