कोरोनाबाट बच्न ‘हेल्लो डाक्टर’ सेवा शुरु

कोरोनाबाट बच्न ‘हेल्लो डाक्टर’ सेवा शुरु

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै जिल्ला अस्पताल लमजुङले ‘हेल्लो डाक्टर’ सेवा ल्याएको छ । लमजुङ्ग र आसपासका जिल्लामा कोरोना संक्रमित बिरामीको संख्या बढेपछि यस्तो सेवा थालिएको हो ।

संक्रमण जोखिम बढेपछि घरमै बसेर डाक्टरको परामर्श लिन सकिने व्यवस्थाका लागि यस्तो सेवा मिलाइएको अस्पतालले जनाएको छ ।

सेवाअन्तर्गत कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका तथा कोरोना भाइरसको आशंका वा लक्षण देखापरेका व्यक्तिले स्वास्थ्यसम्बन्धी सल्लाह तथा परामर्श लिन मोबाइल नंम्बर ९८६४८९६७४५ मा फोन गर्न सक्नेछन् ।

कोरोनासँग सम्बन्धित मात्र नभई अन्य स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीहरुले समेत उक्त नम्बरमा सम्पर्क गरी परामर्श सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।

कोरोना भाइरस प्रभावित क्षेत्रबाट आएका र भाइरसको लक्षण देखापरेका नागरिकलाई मेडिकल अफिसरलगायतका चिकित्सकले फोनबाटै सल्लाह सुझाव दिने हुदाँ उनीहरुले सोहीअनुसार सतर्कता अपनाउन सक्ने अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए ।

अस्पतालले यसअघि कोरोना संक्रमणको जोखिम रहेको अवस्थामा गत बैशाखमा पनि ‘हेल्लो डक्टर’ सेवा सञ्चालन गरेको थियो ।

टिप्पणीहरू