काठमाडौँका सिडिओको अर्को आदेश,कुन कुनमा जोर-बिजोर लागू नहुने ?

काठमाडौँका सिडिओको अर्को आदेश,कुन कुनमा जोर-बिजोर लागू नहुने ?

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज राति १२ बजेदेखि उपत्यकामा लागू हुने सवारी साधनको जोर-बिजोर प्रणाली सन्चालनसम्बन्धी व्यवस्था सार्वजनिक गरेको छ ।

उपत्यकामा चल्ने सार्वजनिक तथा निजी सवारी साधनलाई जोर बिजोर प्राणालीमा सन्चालन गर्ने निर्णय गरेको प्रशासन कार्यालयले त्यससम्बन्धी व्यवस्थालाई थप प्रष्ट पारेको हो।

जसअनुसार सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन हुनेछ । तर,औषधि तथा स्वास्थ्य सामाग्री बोकेका सवारी साधन,एम्बुलेन्स, दमकल,शववाहन,ग्याँस,पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा भने जोर विजोर प्रणाली लागू हुने छैन ।त्यस्तै,खाद्यान्न,दुग्धजन्य पदार्थ, फलफूल,तरकारी,अण्डा,माछा मासु, पशुपन्छीका दाना एवं कृषि तथा पशुपन्छीजन्य सामाग्री बोक्ने सवारी साधनको हकमा पनि जोर बिजोर नलाग्ने प्रशासन कार्यालयले जनाएको छ । निर्माण सामाग्री बोक्ने सवारी साधनले पनि जोर बिजोर प्रणालीमा चलाउनु पर्ने छैन ।

त्यसैगरी, सरकारी कर्मचारी, चिकित्सक,सुरक्षाकर्मी,सार्वजनिक संस्थानका कर्मचारीका हकमा पनि जोरबिजोर लाग्ने छैन । बैंक,बीमा, बित्तीय संस्था,वायुसेवा कम्पनी, डांक तथा कुरियर सेवा,दूरसञ्चार सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोर बिजोर लागू नहुने प्रशासनको भनाइ छ । ती कर्मचारीहरुले आफ्नो परिचयपत्र देखाएर सवारी चलाउन पाउनेछन् ।

पत्रकारको हकमा सूचना विभागबाट जारी भएको प्रेस पास देखाएर सवारी साधन सञ्चालन गर्न पाइनेछ भने कूटनीतिक नियोग र सरकारी नम्बर प्लेटका सवारी साधनलाई पनि जोर विजोर नलाग्ने प्रशासन कार्यालयले जानकारी दिएको छ ।

टिप्पणीहरू