गाडीले हान्दा गोरीको प्राणान्त

गाडीले हान्दा गोरीको प्राणान्त

बाँकेमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको ज्यान गएको छ । सल्यान कालिमाटी-७ घुईयाबारी बस्ने ६० वर्षीया गोरी बूढाको गाडीले हानेर मृत्यु भएको हो ।

बैजनाथ गाउँपालिका–५ रङगिला चोकस्थित सडकमा सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । फरार सवारी साधनको खोजी जारी छ ।

टिप्पणीहरू