पत्रकार बिते,भएभरका नेता र न्यायाधीशमाथि गाली शुरु

पत्रकार बिते,भएभरका नेता र न्यायाधीशमाथि गाली शुरु

भनिन्छ,नेपालमा लाशमाथि पनि राजनीति हुन्छ । पार्टीहरुले आफ्ना निहित राजनीतिक स्वार्थका लागि व्यक्तिको मृत्युमा पनि एकले अर्कालाई आरोप-प्रत्यारोप गर्ने गरेका प्रशस्तै घटना विगतमा देखिएको हो । न्युनतम मानवीय संवेदनासमेत गुमाएर मृत्युमाथि गरिने यस्ता हर्कत राजनीतिमा मात्र होइन,अन्य क्षेत्रमा पनि देखिन थालेको छ ।

नेकपा एमालेनिकट प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले स्वास्थ्य उपचारका लागि आर्थिक अभावले अकालमै मृत्युवरण गरेका पत्रकार एलबी विश्वकर्माको मृत्युमा एमाले इतरका सबै शक्तिमाथि आरोप लगाएका छन् ।

पत्रकार बिकको मृत्युसँग जोडेर उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पाँचदलीय गठवन्धन र सर्वोच्च अदालतका न्यायाधीशहरुलाई भन्नु नभन्नु भनेका छन् ।

‘माधव नेपाल कार्यकर्ता र जनताका लागि बिष हो, त्यस पार्टीका सबै हाँगाबिंगा त्यस्तै रैछन् भन्ने प्रमाणित भयो । धिक्कार छ,ती नेता, पार्टी र संगठनलाई’

‘पत्रकार लालबहादुर बिकको दु:खद मृत्यु देउवा सरकारको नालायकीपन हो’, उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘देउवा सरकार बनाउने पाँच दलका चरित्रहीन नेता र संविधान बाहिर गएर परमादेश दिने न्यायाधीश हुन् ।’

केपी ओलीको नेतृत्वमा सरकार भएको भए बिकले जस्तो कसैले पनि पैसाको अभावमा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था नआउने पनि बस्नेतले भनेका छन् ।

पत्रकार बिकको मृत्युमा सरकार, राजनीतिक पार्टी र अदालतमाथि दोष थोपरेका बस्नेतले पत्रकार महासंघलाई पनि गाली गरेका छन् । महासंघमा निर्मला शर्माको नेतृत्व भएको भए यस्ता समाचार सुन्नै नपर्ने बताएका उनले अहिलेको नेतृत्वले पत्रकारको हितबाहेकका सबै काम गरिरहेको आरोप लगाएका छन् ।

स्व. पत्रकार बिक माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट प्रेस संगठनका केन्द्रीय सदस्य पनि हुन् । चौतारी छोडेर त्यता लागेकोमा पनि बस्नेतले अमानवीय टिप्पणी गरेका छन् । माधव नेपाल र उहाँको पार्टीले संरक्षण नगरेकै कारण बिकको मृत्यु भएको भन्दै उनले चौतारी छोडेर जानुलाई बिकको कमजोरी देखाएका छन् ।

बस्नेत अध्यक्ष रहेको जनता टाइम्सका सम्पादक शान्तिराम कार्कीको गत जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको थियो । परिवारका सदस्यहरुले उनी कार्यरत संस्थाबाट लामो समयदेखि तलब नपाएको भन्दै विभिन्न निकायमा अनुनयविनय गरेको समाचार सार्वजनिक भएको थियो ।

‘माधव नेपाल कार्यकर्ता र जनताका लागि बिष हो, त्यस पार्टीका सबै हाँगाबिंगा त्यस्तै रैछन् भन्ने प्रमाणित भयो । धिक्कार छ,ती नेता, पार्टी र संगठनलाई’, उनले भनेका छन् ।

बस्नेत आफैँ पत्रकारहरुको हकहित र अधिकारको पक्षमा पैरवी गर्ने महत्वपूर्ण जिम्मेवारीमा छन् । तर, आफ्नो राजनीतिक लाभ-हानीको हिसाब गरेर उनले एउटा श्रमजीवी पत्रकारको मृत्युलाई राजनीतिक रंग दल्दा उनको भूमिका र जिम्मेवारीमाथि मात्रै प्रश्न उठेको छैन उनीभित्र रित्तिएको मानवीय संवेदना पनि उदाङ्गिएको छ ।

पत्रकार बिकको मृत्युमा अरुलाई दोष दिने उनीमाथि गतवर्ष त्यस्तै आरोप लागेको थियो । बस्नेत अध्यक्ष रहेको जनता टाइम्सका सम्पादक शान्तिराम कार्कीको गत जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको थियो । स्व. कार्की प्रेस चौतारीको केन्द्रीय सदस्य पनि थिए । ‘बा’ प्रधानमन्त्री भएका बेला आफ्नो मिडियामा कार्यरत कर्मचारी र आफ्नै संगठनका केन्द्रीय सदस्यलाई बचाउन नसक्ने बस्नेत अहिले केपी ओली सरकारमा भएको भए बिकले ज्यान गुमाउनु पर्दैनथ्यो भन्दै हिँडेकोमा महेश्वर दाहाल,शम्भु श्रेष्ठ,बद्री सिग्देल र रमेश बिष्टले चित्त दुखाएका छन् ।

टिप्पणीहरू