यस्तो गाउँ : जहाँका वासिन्दा बोल्नै लजाउँछन्,फेसबुकमा लेखे ब्लक खान्छन्

यस्तो गाउँ : जहाँका वासिन्दा बोल्नै लजाउँछन्,फेसबुकमा लेखे ब्लक खान्छन्

आफू वा आफ्नो पुर्खा जन्मे–हुर्केको गाउँ,गाउँ मात्रै होइन पहिचान पनि हो । जहाँ पुग्छौँ– गाउँको पहिचान सुनाउँदै जान्छौं । परिचय दिन्छौँ । गर्वका साथ आफ्नो गाउँको बारेमा अन्यत्रका मानिसलाई बताउँछौँ ।

तर संसारमा एउटा यस्तो गाउँ छ, जहाँको नाम स्थानीयहरू लिन चाहँदैनन् । उनीहरू गाउँको नाम सुन्दैमा लजाउँछन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्थानीयहरूले गाउँको नाम फेर्न खोजेका छन् । गाउँको नाम यस्तो छ, जुन तपाईंले सामाजिक सञ्जालमा लेख्न पनि सक्नुहुन्न ।

डेली मेलले प्रकाशित गरेको समाचारअनुसार उक्त गाउँको नाम फक्के (Fucke) हो । यो गाउँ स्वीडेनमा छ । गाउँको नामलाई सार्वजनिक रुपमा बोल्नु–लेख्नु राम्रो मानिँदैन । यो नामलाई लिएर सामाजिक सञ्जालमा सेन्सरशिप लगाइएको छ । यदि तपाईंले यो नाम लेख्नुभयो भने तपाईंको आईडी नै ब्लक हुन्छ ।

गाउँको नाम परिवर्तन गर्न स्थानीयले निवेदनसमेत दिएका छन् । स्वीडेनको सांस्कृतिक वातावरण ऐनअन्तर्गत मात्रै गाउँको नाम फेर्न सकिन्छ । त्यहाँको संस्कृति विभागले सम्पूर्ण तथ्यलाई मध्यनजर गरेर गाउँको नाम परिवर्तन गर्ने बताएको छ ।

फक्के गाउँ इतिहाससँग जोडिएको सुखी र शान्त मानिन्छ । तर यो नामका कारण स्थानीयले धेरै दुःख भोग्नु परेको छ । चाहेर पनि उनीहरुले सामाजिक सञ्जालमा आफ्नो गाउँको नाम लेख्न सक्दैनन् ।

टिप्पणीहरू