भन्सारले पनि परीक्षा रोक्यो

भन्सारले पनि परीक्षा रोक्यो

कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परिक्षा स्थगित भएको छ । भन्सार विभागले यसअघि तय गरेको २९ माघको पूर्वनिर्धारित मितिमा परिक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो ।

स्थगित परिक्षा परिस्थिति सहज हुने बितिक्कै पुनः सञ्चालन गरिने पनि विभागले जनाएको छ । यसअघि लोकसेवा, त्रिभुवन विश्वविद्यालयले पनि परिक्षा स्थगित गर्ने निर्णय गरिसकेका छन् ।

टिप्पणीहरू