आज अपरान्ह ३ बजे प्रधानमन्त्री बोल्ने

आज अपरान्ह ३ बजे प्रधानमन्त्री बोल्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएको छ । अपरान्ह ३ बजे प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको उहाँको सचिवालयले जनाएको छ ।

कोरोना महामारी र सरकारको ६ महिने कामकारबाहीबारे जनतालाई जानकारी गराउन प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लाग्नुभएको बताइएको छ । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

गत २९ असारमा देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । उहाँ प्रधानमन्त्री भएको पुस २९ गते ६ महिना पूरा भएको हो ।

टिप्पणीहरू