खोप नलगाउनेलाई ३ लाख १० हजार जरिवाना

खोप नलगाउनेलाई ३ लाख १० हजार जरिवाना

अष्ट्रेलिया सरकारले खोप नलगाउनेलाई तीन हजार छ सय डलर जरिवाना गर्ने भएको छ । यो भनेको तीन लाख १० हजार नेपाली रुपैयाँ बराबर हो ।

सबै नागरिकलाई खोप लगाउने नीतिअनुसार सरकारले नयाँ नियम फेबु्रअरी १ देखि लागू गर्दैछ ।

हालसम्म ७२ प्रतिशत अष्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् । सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विधेयक तल्लो सदनबाट पारित भइसकेको छ ।

माथिल्लो सदनबाट पारित गरेर सभाध्यक्षले हस्ताक्षर गरेपछि विधेयकले कानूनको रुप लिनेछ ।

नयाँ खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ । त्यसका लागि सरकारले एक अर्ब ४० करोड डलर खर्च गर्ने भएको छ

टिप्पणीहरू