दुई जर्नेलको म्याद थपियो,अनन्त कार्कीमाथि कार्वाहीको तयारी

दुई जर्नेलको म्याद थपियो,अनन्त कार्कीमाथि कार्वाहीको तयारी

‘बाँदर बढी बाठो भयो भने…आफै सकिन्छ’ भने झैँ नेपाली सेनाका दुई तारे जर्नेल अनन्त कार्कीको हारगुहार बेकार भएको छ । अझै दुई साता सैनिक सेवा बाँकी रहेका कार्की बढुवा भएर चीफ हुने सपना चकनाचुर मात्रै भएको छैन, सैनिक ऐन र नियमावलीबमोजिम कारबाहीको सम्भावना बढेको छ ।

आफ्नो म्याद थप्न प्रधानमन्त्री कार्यालय र शीतल निवासमा समेत उजुर गरेका कार्कीको म्याद नथप्ने निर्णय क्याबिनेटले एक साताअघि पुस ३० कै मितिमा गरेको पत्र आज अपरान्ह जङ्गी अड्डा पुगेको छ ।

कार्कीले प्रधान सेनापति प्रभुराम शर्माले आफूलाई म्याद नथप्न खोजेको भन्दै रक्षामन्त्री तथा प्रधानमन्त्री शेरबहादुर देउवा र सेनाको परमाधिपति तथा राष्ट्रपतिसमक्ष उजुर गरेका थिए ।

“कार्कीको निम्ति निवर्तमान प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्रीसँग पुस ३० गते बिहान ४५ मीनेट छलफल गरेको बालुवाटार स्रोतको दाबी छ । लगत्तै प्रधानमन्त्रीले त्यसमा नमीठो गन्ध पाएर पुस २० को रक्षाको प्रस्ताव पल्टाई कार्कीको म्याद नथप्ने हिजो बेलुका पुरानो मितिमा गराउनु भएको हो ।”

तर क्याबिनेटले गत पुस ३० गतेको मितिमै कार्कीको म्याद नथप्ने निर्णय गरेको पत्र सैनिक मुख्यालयमा पुगेको छ । कार्कीसँगै म्याद सकिन लागेका उपरथी सीताराम खड्का र ताराध्वज पाण्डेको भने सैनिक मुख्यालयको सिफारिसबमोजिम म्याद थपिएको पत्र पनि प्राप्त भएको उच्च स्रोतले बताएको छ ।प्रधानमन्त्री कार्यालय स्रोत भन्छ, ‘क्याबिनेटले गरेको निर्णय सैनिक मुख्यालयमा पुगिसकेको छ । मन्त्रिपरिषद् बैठकले सीताराम खड्का र ताराध्वज पाण्डेको थप्यो,अनन्त कार्कीको थपेन ।’

प्रधानसेनापति शर्मा र पीएसओज जर्नेलहरुले समेत विगतलाई हेरेर कुनैपनि म्याद थप्न नहुने लबिङ गरेपछि कार्कीको विपक्षमा निर्णय भएको बताइन्छ । उनीहरुले म्याद थपेर गल्ती गर्न नहुने भन्दै विगतको उनको उद्दण्डताको फेहरिस्त प्रधानमन्त्रीलाई सुनाएका थिए ।

एक जना पूर्व जर्नेल भन्छन्, ‘मान्छे खराब भएपछि अवकाशप्राप्त अधिकारीहरु पनि यसको म्याद थप्न हुन्न,यो उद्दण्ड हो भन्दै हिँड्दा रहेछन् । कार्कीको हकमा त्यो देखियो ।’

‘क्याबिनेटले गरेको निर्णय सैनिक मुख्यालयमा पुगिसकेको छ । मन्त्रिपरिषद् बैठकले सीताराम खड्का र ताराध्वज पाण्डेको थप्यो,अनन्त कार्कीको थपेन ।’

कार्कीले पटक पटक सेनामा चेन अफ कमाण्ड उल्लंघन गरेका थिए । पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाको फेरो समाएर उनले धेरै वटा गलत कार्य गरेपछि अहिले म्याद नथप्न उनीविरुध्द सबै लागेका हुन् ।

पूर्ववर्ती सेनापतिहरु गौरव समशेर राणा र राजेन्द्र क्षेत्रीहरुले समेत आज सेनापतिलाई फोन गरेर राजनैतिक घरदैलो गर्नेलाई अनुशासनको कार्वाही गर्न सुझाव दिएको बताइन्छ । स्रोतले भनेको छ,‘म्याद नथपेर ठीक गरे,चेन अफ कमाण्ड उल्लंघन गर्नेलाई म्याद थप्न हुँदैन भन्ने पाँच जना पूर्व जर्नेलहरु देखिए ।’यसअघि रथि नेपाल भूषण चन्दको पनि म्याद थपिएको थिएन । तर उनले म्याद नथप्दासमेत चुप लागेर बसेका थिए । त्यतिबेला चन्दले आफ्नो म्याद नथपिने सुईंको पाएपछि उक्त कार्य सैनिक नेतृत्वको अधिकार हो भनेर चित्त बुझाएका थिए । अहिले कार्कीलेझैं संगठनको नियम तोडेर उजुर गरेका थिएनन् ।

तर कार्कीले सेनाको प्रचलित मापदण्ड र अनुशासन उल्लंघन गरेर प्रधानसेनापतिविरुध्द लिखित उजुरी नै हालेपछि घटनाक्रमले नयाँ रुप लिएको हो ।

सैनिक ऐनमा सैनिक अधिकृतहरुको म्याद थप्न गर्ने वा नगर्ने भन्ने अधिकार सेनापतिलाई मात्र छ । तर कार्कीले प्रधानमन्त्री गुहार्दै मिडियामा गएर च्यालेञ्ज गरेपछि सैन्य नेतृत्व गम्भीर बनेको हो ।

क्याबिनेटबाट कार्कीको म्याद थपाउनको निम्ति भदौमा अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाले सत्तारुढ दलका नेता तथा बहालवाला मन्त्रीलाई भेटेको भन्नेहरु पनि छन् । किनभने थापाको कार्यकालमा कार्की दाहिने हात भएर बसेका थिए । थापाले कार्कीको म्याद थप्न पोहोर चैतदेखि नै कोसिस गरेका हुन् ।

कार्कीको निम्ति थापाले प्रधानमन्त्रीसँग पुस ३० गते बिहान ४५ मीनेट छलफल गरेको बालुवाटार स्रोतको दाबी छ । लगत्तै प्रधानमन्त्रीले त्यसमा नमीठो गन्ध पाएर पुस २० को रक्षाको प्रस्ताव पल्टाई कार्कीको म्याद नथप्ने हिजो बेलुका पुरानो मितिमा गराउनु भएको हो ।

यता संगठनको हित विपरीत कार्य गरेको,अनुशासनहीन कार्य गरेको भन्दै सैनिक मुख्यालयले कार्कीमाथि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । क्याबिनेटको पत्रपछि कार्की अझै दुई साता उपरथीको जिम्मामा रहेनछन् । यहिबीचमा उनीमाथि सैनिक कारबाहीको प्रक्रिया अघि बढ्ने भएको हो ।

टिप्पणीहरू