विप्लवका विद्यार्थीहरु टायर बालेर बाटोमा उत्रिए

विप्लवका विद्यार्थीहरु टायर बालेर बाटोमा उत्रिए

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

क्रान्तिकारीले आज साँझ भृकुटीमण्डपस्थित आरआर क्याम्पस अगाडिको सडकमा टायर बालेर प्रदर्शन गरेको हो ।

‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर’, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर’ लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारी विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

टिप्पणीहरू