झोलाभरी लागुऔषध भित्र्याउन खोज्ने नाकामै समातिए

झोलाभरी लागुऔषध भित्र्याउन खोज्ने नाकामै समातिए

भारतबाट नेपालतर्फ लागुऔषध बोकेर आउँदै गरेको अवस्थामा एक जना समातिएका छन् । बा. ७३ प ८५९५ नम्बरको बुलेट बाइकमा भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गर्दा बाराको विश्रामपुर गाउँपालिका ३, मसहर्वा चोकबाट प्रहरीको संयुक्त टोलीले पक्रेको हो ।

पक्राउ पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने २१ वर्षीय कसिश गुरुङ्ग हुन् । उनलाई सशस्त्र प्रहरी बल नेपालको स्थानीय बोर्डर अब्जरभेसन पोष्ट (बीओपी) बरैनिया र बलिरामपुर चौकीबाट खटिएको नेपाल प्रहरीको संयुक्त टोलीले समातेको हो ।

उनको साथबाट एक सय एमएलको विनसेरेक्स ६० थान, एक सय एमएलको डाइलेक्स डिसी एक सय १५ थान तथा रेडमी मोबाइल, एप्पल घडी, चाँदीको ब्रास्लेट, स्टपवाच, ४० रुपैयाँ नगद तथा बा. ७३ प ८५९५ नम्बरको बुलेट बाइकलगायतका सामाग्री बरामद गरिएको छ ।

पक्राउ परेका तामाङलाई अहिले सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी अन्तर्गत बरैनिया बिओपीमा राखिएको छ । आवश्यक कानुनी कारबाहीको लागि नेपाल प्रहरीमा बुझाइने बताइएको छ ।

टिप्पणीहरू