ट्याक्टर दुर्घटनामा १ जना बिते, २ घाइते

ट्याक्टर दुर्घटनामा १ जना बिते, २ घाइते

ताप्लेजुङमा आज भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मेरिङदेन गाउँपालिका १ थिङलाबु बस्ने ४५ वर्षीय च्याप्जु भन्ने निमा शेर्पाको घटनास्थलमै मृत्यु भएको हो ।

मेरिङदेन गाउँपालिका ३ खाम्लुङस्थित सडकमा मे.१ त ७४६१ नम्बरको ट्याक्टर सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ट्याक्टरका चालक र सहचालकलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । दुर्घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू