सैन्य हतियारबारे सञ्चारमाध्यमले मुख खोल्न थाले

सैन्य हतियारबारे सञ्चारमाध्यमले मुख खोल्न थाले

भारतीय सञ्चारमाध्यमले आफ्नो मुलुकको रक्षाको निम्ति प्रयोगमा ल्याइने हतियार र सैन्य उपकरणको आयातमा निर्भर कुनै पनि देश बलियो हुन नसक्ने बताएका छन् । उनीहरुले त्यसो भन्दै कुनै पनि मुलुक रक्षा क्षेत्रमा आत्मनिर्भर हुनु महत्वपूर्ण भएको उल्लेख गरेका छन् ।

यो देशको ‘आत्मसम्मान’ र ‘सार्वभौमसत्ता’ सँग पनि जोडिएको हुन्छ भन्दै उनीहरुले भारतप्रति लक्षित गरेका हुन् । भारतमा पछिल्ला दिनमा नयाँ मिसाइल र सैन्य हतियारको धमाधम परिक्षण भइरहँदा त्यहाँका सञ्चार माध्यमहरुले सैन्य बजेटको बारेमा बोल्न थालेका हुन् ।

उनीहरुले पर्याप्त सैन्य बजेटले रक्षाको क्षेत्रमा थप सहयोग पुग्ने उल्लेख गर्दै सो कार्य रक्षामन्त्री र भारतीय रक्षा मन्त्रालयबीच रहेको कोरिडोरको लामो समयदेखिको भावनासँग अन्तरसम्बन्धित भएको पनि बताएका छन् ।

सैन्य हतियार र उपकरण निर्माण गर्ने उद्योग फस्टाउन सार्वजनिक र राष्ट्रिय सुरक्षाको हितमा सम्झौता नहुने गरी निजी उद्योगको सुदृढीकरण र विकास गर्नु सान्दर्भिक हुने पनि उनीहरुको तर्क छ ।

हालै मात्र भारतमा रुसी कम्पनीले अत्याधुनिक राइफल्स उत्पादन गर्ने सम्झौता गरिएको छ । कतिपय क्षेप्यास्त्र र लडाकु विमानको परीक्षणसमेत भइरहेको छ ।

टिप्पणीहरू