त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै परीक्षा अनिश्चितकालको निम्ति स्थगित गरिएको छ ।

हाल सञ्चालन भइरहेका अधिकांश परीक्षा, सम्पन्न हुने क्रममा रहेका र सञ्चालनको पूर्वतयारीमा रहेका सबै परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको हो । विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरिएण्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत संक्रमित भएका कारण परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ ।No description available.

हाल सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु आउँदो माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू