ट्राफिक प्रहरीले स्टिकर टाँस्न थाल्यो

ट्राफिक प्रहरीले स्टिकर टाँस्न थाल्यो

ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनमा अनिवार्य मास्कको प्रयोग गर्ने आग्रक गर्दै स्टिकर अभियान थालेको छ । आज राजधानीमा सार्वजनिक सवारी साधनमा सवार सबैलाई अनिवार्य मास्को प्रयोग गर्न आग्रह गर्दै स्टिकर अभियान शुरु गरिएको हो ।

कोरोनाको तेस्रो लहरमा काठमाडौं उपत्यकामा कारोना संक्रमितको संख्या ह्वात्त बढेसँगै ट्राफिक प्रहरीले उक्त अभियान सञ्चालन गरेको हो ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा वरिष्ठ उपरीक्षक उमेशराज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुले ‘सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौं’ भन्ने सचेतनायुक्त स्टिकर टाँसेर अभियान शुरु गरेका छन् ।

ट्राफिक प्रहरीले सवारी साधनमा यात्रा गर्दा मास्कको प्रयोग भए वा नभएको अनुगमन गर्दै मास्क वितरण समेत गरेको छ ।

टिप्पणीहरू