राष्ट्रिय सभा निर्वाचनमा कोरोना संक्रमण हुन नदिइने

राष्ट्रिय सभा निर्वाचनमा कोरोना संक्रमण हुन नदिइने

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै आयोगले २१ बुँदे स्वास्थ्य मापदण्ड लागू गरेको हो ।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतले मापदण्ड पालना गर्नुपर्ने बताएको छ ।

आयोगले आज विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ ।

टिप्पणीहरू