जरुरी भए मात्र आवेदन दिनुः राजदूतावास

जरुरी भए मात्र आवेदन दिनुः राजदूतावास

कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले अत्यावश्यक भए मात्र राहदानी नवीकरणका लागि आवेदन दिन अनुरोध गरेको छ ।

दूतावासका अनुसार निकट भविश्यमा विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि आवेदन लिने प्रक्रिय सुरु गरिने योजना रहेकाले हाललाई जरुरी भए मात्र आवेदन दिन अनुरोध गरिएको हो ।

No description available.राहदानीको म्याद सकिइसकेको र अत्यावश्यक (तुरुन्तै यात्रा गर्नुपर्ने वा कतारी आई डी नवीकरण गर्नुपर्ने अवस्थामा रहेका सेवाग्राहीहरुले मात्र आवेदन दिन सक्ने छन् ।

इ–पासपोर्टको आवेदन लिने मिति तय गरेपछि जानकारी गराइने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू