भारतमा बुर्का लगाएर कक्षामा छिर्न नपाइने

भारतमा बुर्का लगाएर कक्षामा छिर्न नपाइने

भारतको एउटा सरकारी कलेजमा बुर्का लगाएका मुसलमान छात्राहरुलाई कक्षा कोठाभित्र प्रवेशमा रोक लगाइएको छ । कर्नाटक राज्यको युदुपी जिल्लामा सरकारी कलेजमा बुर्का लगाउने मुसलमान छात्राहरुलाई प्रवेशमा प्रतिबन्ध लगाइएको हो ।

हिजाब विद्यालय वा कलेजको पोशाक नभएकाले केही छात्राले अनुहार ढाक्ने पोशाक लगाएको भन्दै उनीहरुलाई कक्षा कोठामा पस्न नदिइएको कलेज प्रशासनले जनाएको छ । आफू कक्षा कोठामा प्रवेश गर्नेवित्तिकै शिक्षकले तत्काल बाहिर निस्कन निर्देशन दिएको पीडितमध्येकी एक ए.एच. अलमासले गुनासो गरेकी छन् ।

हिजाब आफ्नो विश्वासको एउटा अंश भएको र आफूहरुले संविधानमा उल्लेखित अधिकार प्रयोग गरेको पीडित किशोरीहरुले बताएका छन् । कलेजले प्रवेश नदिएपछि छ जना किशोरी ३१ डिसेम्बरदेखि कक्षमा गयल छन् ।

टिप्पणीहरू