हाकिमलाई कोरोनाले समातेपछि कार्यालयमा ताल्चा

हाकिमलाई कोरोनाले समातेपछि कार्यालयमा ताल्चा

कार्यालय प्रमुखलाई कोरोना संक्रमण भएपछि खोटाङको इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा स्थगित गरिएको छ । कार्यालयले अर्को सूचना प्रकाशन नभएसम्मका लागि भन्दै हिजोदेखि सबै सेवा स्थगित गरेको हो ।

अन्य कर्मचारीहरू होम क्वारेन्टिनमा बस्नु पर्ने भएकाले सेवा स्थगित गर्नुपरेको इलाका प्रशासन कार्यालयले जनाएको छ ।

खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ, जन्तेढुंगा, बराहपोखरी गाउँपालिकाका सेवाग्राही मारमा परेका छन् ।

टिप्पणीहरू