भारतमा खतराको घण्टी : एकैदिन ३ लाख बढी संक्रमित, ४ सय बढीको मृत्यु

भारतमा खतराको घण्टी : एकैदिन ३ लाख बढी संक्रमित, ४ सय बढीको मृत्यु

भारतमा एकै दिन तीन लाख १७ हजार कोरोना संक्रमित फेला परेका छन् । यो संख्या महामारीको तेस्रो लहरमा हालसम्मकै उच्च हो ।

कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ । भारतका सबै राज्यमा ओमिक्रोन फैलिसकेको छ ।

त्यहाँ अहिलेसम्म आठ हजार दुई सय नौ जनामा ओमिक्रोन पुष्टि भएको छ । सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा कोभिडबाट चार सय ४१ जनाको मृत्यु भएको छ । कोभिड संक्रमित बढे पनि सरकारले खोप अभियानलाई तीव्र पारेको छ ।

टिप्पणीहरू