बुद्धको जहाज पौने घण्टा आकाशमा, यात्रु बेहोस

बुद्धको जहाज पौने घण्टा आकाशमा, यात्रु बेहोस

काठमाडौंबाट ६९ जना यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज पौने घण्टा आकाशमै होल्ड भएको छ । बुद्धको कल साइन ९ एन–एजेएक्सको जहाज झण्डै पौने घन्टापछि मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो ।

आज बिहान ७ बजेर ४४ मिनेटमा उडेको जहाज ९ बजेर १८ मिनेटमा नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो । बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने विमान ल्याण्ड हुन नसकेपछि आकाशमै होल्डमा राखिएको सुरक्षा निकट स्रोतले जनाएको छ ।

ढिलो अवतरण गराइएको जहाजमा एक यात्रु बेहोस अवस्थामा भेटिएका छन् । विमानमा रहेकी एक महिला यात्रु बेहोस अवस्थामा फेला परेको र उनको राँझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

बेहोस अवस्थामा भेटिएकी यात्रुको समाचार तयार पार्दासम्म होस आउन नसकेको बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिएका छन् ।

टिप्पणीहरू