कोरोनाविरुध्दको औषधी लालीगुराँस ?

कोरोनाविरुध्दको औषधी लालीगुराँस ?

भारतीय वैज्ञानिकहरुले कोरोनाविरुध्द रोग प्रतिरोधात्मक औषधी पत्ता लागेको दाबी गरेका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी),मण्डीका आविष्कारकहरूले कोरोनाविरुद्ध औषधी पत्ता लागेको बताएका हुन् ।

हिमाली भेगमा पाइने लाली गुराँस कोरोनाको औषधी हुने उनीहरुको भनाइ छ । लाली गुराँस फूलमा कोरोना भाइरससँग लड्ने इन्जाइम फाइटोकोमिकल हुने र यसले कोरोनाविरुद्ध नयाँ इन्जाइम तयार पार्ने बताइएको छ ।

बोट बिरुवाद्वारा उत्पादित रासायनिक यौगिकले फङ्गस, भाइरससँग लड्न मद्दत पुर्याउने भएकाले कोरोना रोकथाममा प्रभावकारी देखिएको बताइन्छ । यसले कोरोनाको जोखिम रोक्ने क्षमताको बृध्दिका साथै उपचारमा अचुक औषधीको काम गर्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । यो उच्च पहाडीदेखि हिमाली भेगको तल्लो भागसम्म पाइन्छ ।

@mahi_chand_thakuri

एकदम जरुरी जानकारी #covid19 #news #indiatv #fact #vaccine #corona #information #foryoupage #mahi_chand_thakuri #foryou #takecare #virus #tiktok #tiktokindia

♬ original sound – 🌹Mahi Chand❤️

टिप्पणीहरू