भारतीय उप प्रधानसेनापतिमा पाण्डे नियुक्त

भारतीय उप प्रधानसेनापतिमा पाण्डे नियुक्त

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल मनोज पाण्डे नयाँ उपप्रधानसेनापति नियुक्त भएका छन् ।

सरकारले पूर्वी कमाण्ड सम्हाल्दै आएका पाण्डेलाई उपप्रधानसेनापतिमा नियुक्तिको निर्णय हिजो गरेको हो ।

जनरल पाण्डेले लेफ्टिनेन्ट जनरल सीपी मोहन्तीलाई प्रतिस्थापन गर्नेछन् । उनी जनवरी ३१ मा सेवानिवृत्त हुँदैछन् ।

पाण्डेले नेशनल डिफेन्स एकेडेमीमा तालिम लिएका हुन् । उनी डिसेम्बर १९८२ मा कोर्प्स अफ इन्जिनियर्स (द बम्बे सेपर्स) मा नियुक्त भएका थिए ।

टिप्पणीहरू