जाजरकोटको छेडागाडका वडा अध्यक्षलाई कालोमोसो र जुत्ताको माला

जाजरकोटको छेडागाडका वडा अध्यक्षलाई कालोमोसो र जुत्ताको माला

जाजरकोटको छेडागाड नगरपालिकाका एक वडाध्यक्षक्षलाई कालोमोसो दलेर जुत्ताको माला लगाईको छ ।

नगरपालिकाको वडा नं. ६ का वडाध्यक्ष रामबहादुर केसीलाई नेत्रविक्रम चन्द (विप्लप) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कालोमोसो दलेको अखिल क्रान्तिकारी जाजरकोटका संयोजक दीपेन्द्र सिंहले जानकारी दिनुभयो ।

वडाध्‍यक्ष केसीले जनविकास माध्यमिक विद्यालयको निर्माण कार्यमा ९ लाख हिनामिना गरेको आरोप लगाउँदै कालोमोसो दलेको दाबी विद्यार्थीले गरेका छन् । यसबाहेक अरु आयोजनामा पनि भ्रष्टाचार गरेको आरोपमा वडाध्‍यक्ष केसीमाथि कालोमोसो दलिएको विद्यार्थीहरुको भनाइ छ ।

कालोमोसो दलेर जुत्ताको माला लगाईएको वडाअध्यक्ष केसीको तस्बिर सामाजिक सञ्जालमा हालिएपछि भाईरल बनेको छ ।

टिप्पणीहरू