कोरोना परीक्षणको शुल्क घटाइयो

कोरोना परीक्षणको शुल्क घटाइयो

सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल वा प्रयोगशालामा लक्षण भएकाहरुले निःशुल्क परीक्षण गर्न पाउनेछन् ।

यता, अरुको लागि भने आठ सय रुपैयाँ तोकिएको छ । यसअघि सरकारी अस्पताल तथा परीक्षण केन्द्रहरुले एक हजार रुपैयाँ लिइरहेका थिए ।

यस्तै, निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क एक हजार पाँच सय रुपैयाँ तोकिएको छ । निजी अस्पतालले यसअघि दुई हजार रुपैयाँ लिँदै आएका थिए ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना परीक्षण शुल्क महँगो भएकाले घटाउन निर्देशन दिएको थियो ।

टिप्पणीहरू