​योचाहिँ छुटेछ

सेनामा विभिन्न विभागहरुलाई इन्फेन्ट्री तालिम दिएर व्यावसायिक भूमिकामा ल्याइँदै छ । सबै प्राविधिक र कर्मचारीलाई व्यावसायिक बनाउ“दै गर्दा सेनापति पूर्णचन्द्र थापाको ध्यान त्यही हाताभित्रको आपूर्ति तथा परिवहन गणमा भने पुगेको छैन । 

एमटी गण इन्फेन्ट्री हो कि प्राविधिक ? इन्फेन्ट्री हो भने प्रमोशनका लागि इन्फेन्ट्री कोर्ष लागू गर्नुप¥यो, हैन भने प्राविधिक गण बनाउनुप¥यो । इन्फेन्ट्री गणमा जागिर अवधिभर तालिम गरेर जीवन बित्छ तर एमटीमा चाहिँ १२ महिनामा तीनवटा ग्रेड पनि गर्नु नपर्ने ? प्रमोशनका लागि कोर्ष अनिवार्य गरेपछि त जसरी पनि तालिम गर्नुपर्छ भन्ने सोच र इच्छा शक्ति सबैमा विकास हुने थियो । जुनसुकै भूमिकामा पनि एमटी बटालियन पूर्ण हुन सक्थ्यो । तर चिफसापले यो गणका सैनिकलाई व्यावसायिक बनाउन नियम संशोधनको आँट गर्न सक्नुभएको छैन ।

एमटीबाहेक सबै गणले आफ्नो इन्फेन्ट्री ग्रेडको कोष र आफ्नो गणको आन्तरिक कोर्ष नगरी प्रमोशन पाउँदैनन् । सधैं सिभिलियनमा हुने इन्टेलिजेन्सले पनि पूरै कोर्ष गर्नुपर्छ । एमटीचाहिँ कुन धु्रवबाट आएको हो र थर्ड ग्र्रेडको भरमा सुवेदार मेजर बन्न पाइने ? यो गणमा पनि दर्जाअनुसार कोर्ष अनिवार्य गरिनुपर्छ । नभए कोर्ष नै नगरी ठाउँ ओगटिरहेका सैनिकलाई अवकाश दिने आँट गर्नुपर्छ । एक प्रमोशनका लागि चार महिना पनि तालिम गर्नु नपर्ने ? यस्ता अधुरा र कैयौं वर्ष पहिलेका अप्ठ्यारा नियमलाई विस्थापित गरी समय सान्दर्भिक नियम, कानुन र तालिमका लागि हामीले कति समय कुर्नुपर्ला ?

– एमटी गणलाई राम्ररी बुझेकाहरू

टिप्पणीहरू