रुपन्देहीमा वडा वडामा कोरोना परीक्षण

रुपन्देहीमा वडा वडामा कोरोना परीक्षण

रुपन्देहीको सैनामैना नगरपालिकाले स्थानीयको घर नजिकै पुगेर कोरोना परीक्षण अभियान थालेको छ । नगरले सम्भावित बिरामीको घर नजिकैको वडामा पुगेर कोरोना परीक्षण गर्ने कार्यको प्रारम्भ गरेको हो । कोरोनाको तेस्रो लहर समुदायस्तरमै फैलिएपछि कोरोना परीक्षणलाई तीव्रता दिइएको छ ।

नगर प्रमुख चित्रबहादुर कार्कीका अनुसार संक्रमितलाई छुट्टाएर आइसोलेसनमा राखी उपचार गर्ने प्रयोजनका लागि एन्टिजेन परीक्षण गरिएको हो । आजदेखि समुदायस्तरमा एन्टिजेन परीक्षण थालिएको छ ।

कोरोनाको लक्षण देखिएकाहरुलाई परीक्षण गराउन प्रमुखले आग्रह गर्नुभएको छ । आज वडा नम्बर १ को कार्यालयमा बिहान १० बजेदेखि १२ बजेसम्म, वडा नम्बर २ को कार्यालयमा दिउँसो २ देखि ४ बजेसम्म परीक्षण गरिएको छ ।

त्यस्तै, भोलि पर्रोहा स्वास्थ्य चौकी वडा नम्बर ३ का लागि बिहान १० देखि १२ बजेसम्म समय तोकिएको छ, भने वडा नम्बर ४ का लागि दिउँसो २ देखि ४ बजेसम्म सोही स्थानमा समय तोकिएको हो ।

पर्सी वडा नम्बर ५ को बुद्ध स्टार क्लब भवनमा बिहान १० देखि १२ बजेसम्म र वडा नम्बर ६ को दुधराक्ष स्वास्थ्य चौकीमा २ देखि ४ बजेसम्म एन्टिजेन परीक्षण गरिने नगरपालिकाले जनाएको छ । माघ ९ गते वडा नम्बर ७ को वडा कार्यालय देउवापार र वडा नम्बर ८ को आधारभूत स्वास्थ्य सेवा केन्द्र बाँसगढीमा परीक्षण गरिने छ ।

माघ १० गते वडा नम्बर ९ को वडा कार्यालयमा बिहान १० देखि १२ बजेसम्म र वडा नम्बर १० को वडा कार्यालयमा दिउँसो २ देखि ४ बजेसम्म परीक्षण हुने भएको छ । त्यस्तै, माघ ११ गते वडा नम्बर ११ को कोटियादेवी मावि तालिमा बिहान १० देखि १२ बजेसम्म एन्टिजेन परीक्षण गरिँदैछ ।

टिप्पणीहरू