कोरोनाका कारण ‘ग्रामी अवार्ड’ स्थगित

कोरोनाका कारण ‘ग्रामी अवार्ड’ स्थगित

कोरोनाका कारण संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित भएको छ । आयोजक रेकर्डिङ एकेडेमी एण्ड ब्रोडकास्टले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमार्फत हालका लागि अवार्ड स्थगित भएको जानकारी दिएको हो ।

यसअघि ३१ जनवरीमा हुने भनिएको यो अवार्ड अब आगामी ३ अप्रिलमा अमेरिकाको लसभेगासमा हुने भनिएको छ । ग्रामी अवार्ड हरेक वर्ष हुने सबैभन्दा ठूलो म्युजिक अवार्ड हो ।

यसमा सहभागी हुने कलाकारहरूलाई उनीहरूको प्रदर्शनका आधारमा सम्मान गर्ने गरिन्छ । कोभिड महामारीका कारण अवार्ड कार्यक्रम योसहित दोस्रो पटक स्थगित गरिएको हो । यसअघि ६३औं संस्करणको अवार्ड सन् २०२१ मा स्थगित भएको थियो ।

टिप्पणीहरू