हिमानीले अमेरिकामा कार्यालय खोल्ने

हिमानीले अमेरिकामा कार्यालय खोल्ने

हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय पूर्वयुवराज्ञी हिमानी शाह अमेरिका पुगेकी छन् । ट्रष्टको अध्यक्षसमेत रहेकी उनी अमेरिकामा ट्रष्टको शाखा खोल्न वासिङ्ग्टन डिसी पुगेकी हुन् ।

हिमानी ट्रष्ट अमेरिकाको भोलि उद्घाटन हुँदैछ । सोही काममा पूर्वयुवराज्ञी शाह अमेरिका गएको बताइएको छ । पूर्वयुवराज्ञी पछिल्लो दशक हिमानी ट्रष्टमार्फत् शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा निकै सक्रिय छिन् ।

टिप्पणीहरू