सिंहलाई कोरोना संक्रमण, बिरालो र कुकुरमा सर्नसक्ने विज्ञको चेतावनी

सिंहलाई कोरोना संक्रमण, बिरालो र कुकुरमा सर्नसक्ने विज्ञको चेतावनी

दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाको चिडियाघरमा रहेका सिंहमा पनि कोरोना पुष्टि भएको छ । ती सिंहमा कोरोनाको ‘डेल्टा’ भेरिएन्ट पुष्टि भएको हो । संक्रमित सिंहमा श्वासप्रश्वासको समस्या, नाक रसिलो हुने, सुख्खा खोकी र पखालाको लक्षण देखापरेको छ ।

युनिभर्सिटी अफ प्रिटोरियाका वैज्ञानिकहरुको टोलीले हालै गरेको एक अध्ययनमा सिंहमा संक्रमण भएको खुलासा गरेको हो । केही दिनअघि उक्त चिडियाखानाका तीन वटा सिंहमा कोभिडको लक्षण देखिएपछि अनुसन्धान सुरु गरिएको थियो । तीमध्ये एकलाई निमोनिया पुष्टि भएको हो । अन्य दुईमा कोरोनाकै लक्षणहरु देखापरेको ।

हाल उनीहरुलाई निको भइसकेको छ । जनावरहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा रहेका चिडियाघरका एक दर्जन कामदारको परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबैमा डेल्टा भेरिएन्ट देखापरेको छ ।

विज्ञहरूले मानिसबाट आफ्ना घरपालुवा बिरालो र कुकुरमासमेत कोरोना संक्रमण हुने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेका छन् ।

टिप्पणीहरू