कोरोनाविरुद्धको खोप खरिदबिक्री गर्नेलाई कारबाहीको चेतावनी

कोरोनाविरुद्धको खोप खरिदबिक्री गर्नेलाई कारबाहीको चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप खरिदबिक्री गर्नेलाई कारबाहीको चेतावनी दिएको छ । मन्त्रालयले कोरोनाविरुद्धको खोप निःशुल्क लगाइएको जनाउँदै बेचेको वा किनेर लगाएको पाइए कारबाही गर्ने चेतावनी दिएको हो ।

‘कोभिड–१९ विरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेको छ,’ मन्त्रालयले भनेको छ, ‘अवैध रुपमा खोप बेच्ने र किन्ने दुबैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेछ ।’

कोरोनाविरुद्धको खोप बेचबिखन भएको थाहा पाइए स्थानीय प्रशासन, प्रहरी, स्थानीय तह वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ । यस्तै बजारमा लुकिछिपी बेच्न राखिएका खोप नक्कली हुन सक्ने भन्दै मन्त्रालयले सचेत गराएको छ ।

टिप्पणीहरू