परीक्षा केन्द्र पुगेका विद्यार्थी नाराबाजीमा उत्रिए, केही प्रहरीको नियन्त्रणमा

परीक्षा केन्द्र पुगेका विद्यार्थी नाराबाजीमा उत्रिए, केही प्रहरीको नियन्त्रणमा

कानुन संकायका विद्यार्थीहरुले कोरोना संक्रमण बढ्दै गएकाले परीक्षा स्थगितको माग गरेका छन् । भक्तपुरको थिमिस्थित काठमाडौं स्कुल अफ लका चौथो वर्षका विद्यार्थीले आज हुने भनिएको परीक्षा स्थगितको माग गरेका हुन् ।

काठमाडौँको बुद्धनगरस्थित कान्तिपुर कलेजमा हुन लागेको उक्त परीक्षा स्थगित गर्न माग गर्दै उनीहरुले केन्द्रमै पुगेर विद्यार्थी मार्न पाईंदैन, प्रहरी दमन मुर्दावाद, सम्पूर्ण विद्यार्थी एक हौं, अव्यवस्थित तरिकाले परीक्षा सञ्चालन गर्न पाईंदैनलगायत नारा लगाएका थिए ।

उक्त प्रदर्शनमा अनेरास्ववियु राष्ट्रिय कमिटी पूर्वाञ्चल उपत्यका इञ्चार्ज विमल मल्ल ठकुरी, नेविसंघका पुर्वाञ्चल विश्वविद्यालय सभापति सागर समशेर शाही, अखिल क्रान्तिकारीका सविन खड्कालगायत दुई सय जनाको उपस्थिति रहेको उनीहरुको दाबी छ ।

यस्तै प्रदर्शनमा उग्र बनेर प्रहरीको भ्यानलाई लात्ती हानेको आरोपमा केही विद्यार्थीलाई महानगरीय प्रहरीको बानेश्वर वृत्तले नियन्त्रणमा लिएको छ । परीक्षा केन्द्रको अवस्था सामान्य भएको प्रहरीको दाबी छ ।

टिप्पणीहरू